विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई कामपाको आग्रह
वि.सं.२०७७ पुस ३ शुक्रवार १६:१७
1.7K
shares
काठमाडौं: कोरोना महामारीको जोखिम अझै कम नभएको भन्दै काठमाडौं महानगरपिलकाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।
केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुष एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ ।
पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भाइरस पोजेटिभ देखिएको भन्दै कामपाले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो ।
महामारी नियन्त्रण आइ नसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत गरी स्थानीय तहलाई जिम्मा दिएको थियो ।
र यो पनि पढ्नुहोस्ः
पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको जिल्ला अध्यक्ष र सचिव भेला
टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ८ जनालाई उच्च अदालतद्वारा जन्मकैदको फैसला
भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्ने
वि.सं.२०७७ पुस ३ शुक्रवार १६:१७




















