बहुबिवाहकाण्डले वडा अध्यक्षका उम्मेदवार भट्टराईलाई आपत

 

काठमाडौं: बहुबिवाह नेपाली कानुनमा बर्जित छ । बहुबिवाह  बर्जित हो भनेर थाहा पाउँद पाउदै पनि एकजना जनप्रतिनिधिले त्यही काम गरेका छन् ।

 

त्यही कारणले उनी अहिले चुनावी कार्यक्रममा पनि खुलेर आफ्नो प्रचारप्रसार गर्न निस्कन सकेका छैनन् ।

 

यसरी आफ्नो चुनावी कार्यक्रम लिएर घरबाट बाहिर ननिसक्ने उम्मेदवार हुन बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को वडाअध्यक्ष उम्मेदवार शम्भुप्रसाद भट्टराई ।

 

उनी यसअघि पनि सोही वडाका वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन  । ०७४ सालमा पनि गाइँगुँइ हल्ला चलेपनि त्यतिकै सेलाएको उक्त श्रीमती काण्ड फेरी ब्यूँतिएको छ ।

 

पाँच वर्ष वडाध्यक्ष खाईसकेको भट्टराईको बहुबिबाह वा बिबाहोत्तर सम्बन्ध भएको तथ्य अहिले बाहिर आएको हो  ।

 

शम्भुप्रसाद भट्टराइले आफ्ना र आफ्नाहरूको बारेमा एक पुस्तकको कवितांमा उल्लेख गरेका छन् । त्यसैमार्फत आफ्नाहरुको नाम छरप्रष्ट पारेका छन् ।

 

जीवनाथ धमलाद्वारा लिखित तथा सम्पादित “वेन्दात स्मारिका”को एउटा अंकमा उनले यसरी आफन्तहरुको नालीबेली छरप्रष्ट पारेका हुन । जुन किताबको उनले आफैले प्रायोजन गरेका छन् ।

 

सो स्मारिकामा प्रमुख प्रकाशकको नामसहित भट्टराइ र उनको माताजीको फोटो कभरमा नै छापिएको छ । स्मारिकामा कवि धमलाले शम्भु भट्टराइ र उनका आफन्तबारे एउटा परिचयात्मक कविता लेखेका छन् जसको शीर्षक छ, प्रमुख प्रकाशन सहयोगिको संक्षेप जानकारी ।

 

पद्यशैलीमा लेखिएको कविताको एक अंशमा लेखिएको छः

आमाको नाम लिलादेवी दुर्गाप्रसाद बाउको

जेठोछोरा मणिमुकुट हाम्रो कपन गाउँको

बुद्धिजिवी जनतासेवी शम्भुप्रसाद हिरा

ज्ञानी सन्तान गृहलक्ष्मी नाम सुनिता र मीना ।

 

आफैद्वारा आफ्ना लागि कविता लेखिएको कवितामा “गृहलक्ष्मी नाम सुनिता र मीना” भनिएसँगै भट्टराइको बहुबिबाहलाइ प्रमाणित गर्न सक्छ ।

 

लेखक धमला स्वयम् बुढानिलकण्ठ १२ कै भएकाले पनि उनले लेख्दा सोधेर र प्रामाणिक नै लेखेको हुनुपर्ने देखिन्छ । आमा बुबा, भाइ बुहारीको नामसमेत उल्खित कवितामा सबै कुरा दुरूस्त देखिन्छ ।

 

नियमतः बहुबिबाह गरेको प्रमाण भएको मान्छे जनप्रतिनिधि बन्न योग्य मानिदैन । अब यो विषय कति प्रामाणिक हो वा के हो भन्ने बारे विपक्षले कति खोजबिन गर्ला त्यसको चासो सबैलाई चासो छ ।

 

यो प्रशंगसँगै यसै वडाबाट नेकपा एसबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका कुमार पुडासैनी पनि बहुबिबाह गरेको व्यक्ति भनेर चर्चा भएको छ ।

 

यता ०७४ सालमा पनि शम्भुप्रसाद भट्टरार्इलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने र अबको चुनावमा पनि भट्टराइको चुनावी माहौल हाँक्ने व्यक्ति हुन् केदार पुडासैनी ।

 

प्राध्यापन पेशामा संलग्न पुडासैनी पनि बहुबिबाहवाला हुन् । उनको दुवै श्रीमती तथा उनका सन्तानहरू बुढानिलकण्ठ १२ मा नै रहेका छन् ।

 

NRB Bank Ad
Salt Trading
Nishana Seving AD

KMC Advertisment
Kumari Bank AD
Alice Education home sports
भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

वि.सं.२०७९ जेठ ८ आइतवार १८:३५

  चितवन: भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको...

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

वि.सं.२०७९ जेठ ८ आइतवार १७:४०

  सुनसरी: धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित...

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

वि.सं.२०७९ जेठ ८ आइतवार १५:५५

  काठमाडौं: काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ लाख १४ हजार २०५...

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

वि.सं.२०७९ जेठ ८ आइतवार १५:१४

  दोहा: विदेशी भूमि कतारमा किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड...

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

वि.सं.२०७९ जेठ ८ आइतवार १२:२६

  काठमाडौं: स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७०५ पालिकाको मतगणना...

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

वि.सं.२०७९ जेठ ८ आइतवार ११:५१

  सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित...