बिहीबार भरतपुरमा सत्तागठबन्धनले चुनावी आमसभा गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने

वि.सं.२०७९ वैशाख २० मंगलवार १५:४५

काठमाडौं: स्थानीय तह निर्वाचन अन्तर्गत मुलुककै ध्यान खिच्न सफल चितवनको भरतपुरमा वैशाख २२ गते बिहीबार सत्तागठबन्धनले चुनावी आमसभा गर्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका नेताहरुले चितवनको चुनावी सभालाई सम्बोधन गर्न लागेका छन् ।
यस्तै कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला समेत भरतपुरमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रेनु दाहाल छिन् । तर कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १५:४५