YouTube Link

काठमाडौं महानगरका उपमेयर उम्मेदवार सुनिता डंगोलमाथि अख्तियरमा किन पर्यो यस्तो उजुरी

Facebook Link

 

काठमाडौं: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राजीनितक नियुक्ति खाएको विषयले काठमाडौ महानगर पालिकाका उपमेयरका उम्मेदवार सुनिता डंगोललाई  यतिखेर गम्भीर झट्का लागेको छ ।

 

काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको छ ।

 

नेकपा एमालेबाट उपमेयरको टिकट पाएकी सुनिताले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर विज्ञ सल्लाहाकारको नियुक्ति लिएको भन्दै  अख्तियारमा उजुरी परेको हो  ।

 

सुनिताले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटेर ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।

 

सानै उमेरमा भ्रष्टाचारीको  आरोप लागेका सुनिताले अब यस मुद्धालाई कसरी पार लगाउलान त्यो चाही हेर्न बाँकी छ ।

 

काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

 

तर सुनिताले समाजशास्त्र विषयमा स्नातक गरेकी थिईन । यसरी मिल्दै नमिल्ने विषयमा स्नातक गरेकी सुनितालो कसरी त्यो पद हत्याउन सफल भईन भनेर अहिले चर्को आलोचना भईरहेको छ ।

 

सुनितामाथि गैरकानूनी रुपमा आर्थिक लाभ लिएको आरोप छ । उनीबिरुद्धको उजूरी १६ वैशाखमा दर्ता गरिएको छ ।

 

आयोगमा दर्ता भएको उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।

 

सुनितामाथि अख्तियारमा परेको उजुरीको दर्ता नम्बर सी. ०३२५३१, ०७९०१ १६, १५२६२३८५ रहेको छ  ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...