नगरकोट जिपलाईन उद्घाटनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती जिपलाईनमा सररर… (फोटो फिचर)
सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जिपलाईन सञ्चालन गरिएको सञ्चालक केदार थापाको भनाई
वि.सं.२०८० मंसिर २९ शुक्रवार १६:०५
नगरकोटमा एशियाकै दोस्रो र नेपालकै पहिलो लामो जिपलाईन सञ्चालनमा आएको छ । उक्त जिपलाईन करिव पाँच करोड लगानीमा नगरकोट जिपलाईन प्रा.लि. ले निर्माण गरेको हो । जिपलाईन चाँगुनारायण नगरपालिकास्थित वडा नं. ६ र ७ मा फैलिएको २ हजार २५० मिटर लम्बाईमा बनेको छ । नेपालीलाई जिपलाईन चढ्न प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ भने विदेशीका लागि प्रति व्यक्ति ५० अमेरिकी डलर तिर्नुपर्ने छ । नगरकोटमा अन्तर्राष्ट्रिय पर्यटक जमघट समेत हुने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।
फोटो फिचर…. प्रदीप कुमार श्रेष्ठ
नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाईन सञ्चालनमा, पर्यटनमन्त्री सुदन किरातीले गरे उद्घाटन
वि.सं.२०८० मंसिर २९ शुक्रवार १६:०५