Rajshow Bivag

नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाईन सञ्चालनमा, पर्यटनमन्त्री सुदन किरातीले गरे उद्घाटन

Departmant of helth services

 

भक्तपुरः नगरकोटमा एशियाकै दोस्रो र नेपालकै पहिलो लामो जिपलाईन सञ्चालनमा आएको छ । उक्त जिपलाईन करिव पाँच करोड लगानीमा नगरकोट जिपलाईन प्रा.लि. ले निर्माण गरेको हो ।

 

शुक्रबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रिबन काटेर जिपलाईनको उद्घाटन गरे । मन्त्री किरातीले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाईन खुल्नु निकै राम्रो कुरा भएको बताए । उनले भने- ‘मैले जहिले पनि नेपालको पर्यटन स्थानीय बासिन्दाको स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै आएको छु । नेपालको पर्यटन कल्चर, नेचर र एडभान्चर हो । यसरी विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाईन खुल्नु निकै राम्रो कुरा हो ।’ नेपालको पर्यटनले गति लिइरहेको समेत उनले बताए । ‘नेपालको पर्यटनले आङ्ग तन्काएको छ । जुन निकै राम्रो कुरा हो । यो जिपलाईनले पनि पर्यटन विकासमा टेवा पुर्याउनेछ ।’

 

 

जिपलाईन चाँगुनारायण नगरपालिकास्थित वडा नं. ६ र ७ मा फैलिएको २ हजार २५० मिटर लम्बाईमा बनेको छ । साहसिक पर्यटन अन्तर्गत जिपलाईन निर्माणको लहर बढिरहेको बेला नगरकोटमा हालसम्मकै सबैभन्दा लामो जिपलाईन निर्माण गरी सुरु गरिएको सञ्चालक केदार थापाले जानकारी दिए ।  सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जिपलाईन सञ्चालन गरिएको सञ्चालक थापाको भनाई छ ।

 

 

नेपालीलाई जिपलाईन चढ्न प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ भने विदेशीका लागि प्रति व्यक्ति ५० अमेरिकी डलर तिर्नुपर्ने कम्पनीले जनाएको छ । यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइनका रूपमा स्थापित थियो ।

 

 

नगरकोटमा अन्तर्राष्ट्रिय पर्यटक जमघट समेत हुने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।  पर्यटकीयसँगै एडभेन्चर टुरिज्मले समेत नगरकोटलाई परिचित गराउने मुख्य उद्देश्य रहेको सञ्चालक थापाले बताए । थापाले धुलिखेलमा पनि धुलिखेल जिपलाईन सञ्चालन गरिरहेका छन् ।

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...