YouTube Link

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि सुरु हुँदै

Facebook Link

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछ । पहिलो खेलमा भुटानको ट्रन्सपोर्टस युनाईटेड लेडिज एफसी र पाकिस्तान कराँची एफसी भिड्दैछन् । यी दुईबीच खेल दिउँसो २ बजे हुनेछ ।

 

यसैगरी आजै हुने दोस्रो खेलमा बंगलादेश नासरिन स्पोर्ट्स एकाडेमी र नेपाल एपीएफबीच प्रतिष्पर्धा हुँदै । यो खेल साँझ ६ बजे सुरु हुनेछ । दक्षिण एशियाली फुटबलको स्तर बढाउने उद्देश्यले शुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपिएफ क्लब, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोर्टस् एकेडेमी, भूटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रस्तुत गर्दै छन् ।

 

यो च्याम्पियनसिपले दक्षिण एशियाली फुटबलमा नयाँ अध्याय थपिँदै छ । प्रतियोगिताको खेलहरू सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । लिगमा शीर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि भिड्नेछ । च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् ।

 

सहभागी टिमलाई प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा व्यवस्था गरिएको छ । एन्फाले प्रतियोगिताको लागि दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ । टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । प्रतियोगिताको लागि अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...