YouTube Link

नेपालमा पहिलोपटक इन्डो नेपाल वेडिङ समिट २०२३ सम्पन्न

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपालमा वैवाहिक पर्यटनको पर्याप्त सम्भावना रहेको सरोकारवालाहरुले बताएका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको इन्डो नेपाल वेडिङ समिट–२०२३ का अवसरमा सरोकारवालाहरुको सो धारणा राखेका हुन् ।

 

नेपाल पर्यटन बोर्डको समन्वय, भारतको प्रतिष्ठित व्यवसायिक समुह द बुलको डिजाइन र व्यवस्थापन तथा बुल इभेन्टस म्यानेजमेन्ट नेपालको आयोजनामा कार्तिक १७ र १८ गते काठमाण्डौमा वेडिङ समिट आयोजना गरिएको थियो ।

 

विवाहलाई पर्यटनसँष सम्बन्धित उद्योगका रुपमा  पुनः परिभाषित गर्ने एवम् नेपाललाई एक प्रमुख विवाह गन्तव्यको रुपमा प्रर्वद्धन गर्ने मुख्य उद्देश्यकासाथ  समिट आयोजना गरिएको समिटमा भारतका शीर्ष ३० भन्दा बढी वेडिङ विजनेश प्लानरहरुको सहभागिता रहेको थियो ।

 

समिटका अवसरमा भारतका प्रतिष्ठत वेडिङ विजनेश प्लानरहरु, नेपालका प्रतिष्ठित होटलहरु, विवाह योजनाकारहरू एवम् निजी तथा सरकारी सरोकारवालाहरुको सहभागिता रहको थियो । भारतीय वेडिङ विजनेश प्लानरहरुले काठमाण्डौका विभिन्न स्टार होटल तथा रिसोर्टहरु अवलोकन गरेका थिए । समिटका अवसरमा बिटुबी मिटिङ तथा सरोकारवालाहरुसंग समुह छलफल (Panel Discussion) जस्ता कार्यक्रमहरु आयोजना गरिएको थियो ।

 

समिटको पहिलो दिन होटल सोल्टिमा औपचारिक उद्घाटन तथा बिटुबि कार्यक्रम आयोजना गरिएको थियो भने दोश्रो दिन चन्द्रागिरीमा नेपालमा वैवाहिक पर्यटकीय गन्तव्यका अवसर र चुनौतीका (Prospects & Challenges of Destination Wedding in Nepal)  शिर्षकमा प्यानल डिस्कसन र हायात होटलमा समापन आयोजना गरिएको थियो ।

 

समिटले भविष्यमा विदेशी र खासगरी भारतीय विशिष्ट वैवाहिक समारोहहरु नेपालमा आयोजनामा गर्न नेपाल नीतिगत, भौतिक तथा कानूनी संरचना लगायतका सम्पूर्ण हिसावले पुर्ण रुपमा तयार भएको सन्देश दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

 

समूह छलफल कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रुद्रसिङ तामाङले विदेशीबाट नेपालमा  आयोजना गरिने विवाहको लागि विभागबाट गर्नु पर्ने सहजीकरणका लागि आफू तयार रहेको बताए । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका मुख्य भन्सार अधिकृत मुक्ति श्रेष्ठले भन्सारले सुन तथा अन्य सामाग्री ल्याउन लैजान छुट्टै प्रावधान रहेको जानकारी दिदै अन्य विषयमा आवस्यक सहजिकरण गर्न सकिने बताए ।

 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा विवाह पर्यटनको प्रचुर सम्भावना रहेकोले यससङ सरोकार राख्ने क्षेत्रसङ सहकार्य गरि नेपालमा पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै यस्तो कार्यक्रमलाई वार्षिक कार्यक्रमका रुपमा लिएर जाने सोच रहेको बताए ।

 

होटल एशोसिएसन नेपाल हानका अध्यक्ष विनायक शाहले  नेपालका होटलहरु विभिन्न खालका मेघा इभन्न गर्न सक्षम रहको उल्लेख गर्दै आफुहरु सहकार्यका लागि तयार रहेको जानकारी दिए । यस्तै भारतको एभेन्ट म्यानेजनेन्ट कम्पनी इभेन्ट एण्ड  इन्टरटेन्मेन्ट म्यानेजमेन्ट  एशोसिएशन (इइएमी)  कम्पनीका अध्यक्ष समित गर्गले विश्वका विभिन्न देशमा भारतबाट वार्षिक सयौं विवाह समारोह आयोजना हुने गरेको सन्दर्भमा भारतीयका लागि नेपाल उपर्युक्त गन्तव्य हुन सक्ने भएकोले आफुहरुले नेपालमा कार्यक्रमको आयोजना गरेको र कार्यक्रमले आफुहरुमा उत्साह बढेको बताए ।

 

समिटका अवसरमा भारतीयहरुले नेपालमा विवाह गर्न आउँदा हुने प्राविधिक समस्या सुल्झाउन आफ्नो तर्फबाट कुराहरु राखेको र यसले आउने दिनमा थप सहजता थप्ने बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताए । समिटमा सहभागी भारतीय वेडिङ प्लानरहरुले नेपालको कला, संस्कृती खानपान तथा तथा दुई देशविचको आफ्नै मौलिक सम्बन्धका कारण पनि नेपालमा यस्ता कार्यक्रम गर्न सकिने बताउदै उनले नेपालले पूर्वाधारको विकास तथा भन्सार सहजीकरणमा ध्यान दिन आग्रह गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...