YouTube Link

नेपाल मै पहिलोपटक यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि ट्रेकिङ गाईड तालिम सम्पन्न

Facebook Link

 

काठमाडौं: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यौनिक तथा लैङिक अल्पसंख्यकहरु (एलजिविटिआइक्यूपल्स) का लागि आयोजित ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ ।

 

नेपाल मै पहिलोपटक यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि आयोजना गरिएको तालिममा २५ जना यौनिक तथा लैङिक अल्पसंख्यकहरुको सहभागिता रहको थियो भने तालिम ३५ दिनसम्म सञ्चालन गरिएको थियो ।

 

तालिममा सहभागीहरुलाई प्रमाण-पत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि संचालित यो कार्यक्रम आफैमा ठूलो सन्देश भएको बताए ।

 

समाजमा हरेक खालका मानिसहरुका लागि रोजगारी आवश्यक रहेको बताउँदै मन्त्रि किराँतीले यो तालिमले (एलजिविटिआइक्यूपल्स) समुहका सदस्हरुलाई पर्यटन क्षेत्रमा काम गर्न तथा स्वरोजगार बन्न सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘यो हेर्दा सानो काम देखिन सक्छ तर यसले दिने सन्देश ठूलो छ । यसबाट हामीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रोजगारी सिर्जना र अन्तरराष्ट्रिय क्षेत्रबाट पनि (एलजिविटिआइक्यूपल्स) समुहका सदस्हरुलाई नेपाल आउन सहयोग पुग्नेछ ।’

 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले अल्पसंख्यकहरुलाई समाजको मुल प्रवाहमा ल्याउन अझै पनि ठलो चुनौती रहेको अवस्थामा या तालिमले सो समुहको जिविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

 

 

नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै विश्वमा रहेको (एलजिविटिआइक्यूपल्स) समुहका सदस्यहरुलाई नेपालमा आर्कषित गर्न पनि यो तालीम कोशेढ्ङा सावित हुने बताए ।

 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राईले यो तालिमले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि रोजगारीको नयाँ अवसर खोल्ने अपेषा गरिएको बताए । तालिममा सहभागी शुलभ मोक्तानले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि आयोजना गरेको तालिमले आफुहरुमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...