Texas College
YouTube Link

गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासँगै नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमार्फत जनतासँग माफी मागेको छ ।

 

आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

 

घोषणापत्रको प्रतिबद्धता खण्डमा कांग्रेसले विगतमा जान अञ्जानमा भएका त्रुटि र कमजोरीप्रति क्षमा माग्दै गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाएको हो ।

 

घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षा जस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने काम लगायतलाई समेत समेटिएको छ ।

 

घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजिविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यास लगायतका विषयलाई समेटिएको छ ।

 

उक्त घोषणा पत्रमा भ्युटावर नबनाउनेदेखि आफन्त र परिवारका सदस्यलाई जागिर नखुवाउने प्रतिबद्धता छ । ‘नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं’ भन्ने प्रतिवद्धता उल्लेख छ ।

 

यस्तै कांग्रेसले ‘महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरा प्रत्यक्ष तथा परोक्ष रूपमा कुनै पनि अवस्थामा संलग्न नहुने पनि प्रतिबद्धता’ जनाएको छ ।

 

कानूनको सीमाभन्दा बाहिर गएर वा आर्थिक प्रलोभनमा परेर कुनै पनि काम वा निर्णय नगर्ने पनि कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

 

साथै कांग्रेसले संविधान अनुसार कानून बनाउने, स्थानीय सरकारलाई थप स्रोत-साधन सम्पन्न बनाउने, जिल्ला समन्वय समितिको भूमिका प्रष्ट पार्ने, स्थानीय सरकारको अनुगमन तथा मूल्यांकन संरचना तयार पार्नेजस्ता विषय समेट्दै के काम गर्ने भन्ने प्रष्टाएको छ ।

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...