Rajshow Bivag

गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासँगै नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

Departmant of helth services

 

काठमाडौं: नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमार्फत जनतासँग माफी मागेको छ ।

 

आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

 

घोषणापत्रको प्रतिबद्धता खण्डमा कांग्रेसले विगतमा जान अञ्जानमा भएका त्रुटि र कमजोरीप्रति क्षमा माग्दै गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाएको हो ।

 

घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षा जस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने काम लगायतलाई समेत समेटिएको छ ।

 

घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजिविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यास लगायतका विषयलाई समेटिएको छ ।

 

उक्त घोषणा पत्रमा भ्युटावर नबनाउनेदेखि आफन्त र परिवारका सदस्यलाई जागिर नखुवाउने प्रतिबद्धता छ । ‘नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं’ भन्ने प्रतिवद्धता उल्लेख छ ।

 

यस्तै कांग्रेसले ‘महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरा प्रत्यक्ष तथा परोक्ष रूपमा कुनै पनि अवस्थामा संलग्न नहुने पनि प्रतिबद्धता’ जनाएको छ ।

 

कानूनको सीमाभन्दा बाहिर गएर वा आर्थिक प्रलोभनमा परेर कुनै पनि काम वा निर्णय नगर्ने पनि कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

 

साथै कांग्रेसले संविधान अनुसार कानून बनाउने, स्थानीय सरकारलाई थप स्रोत-साधन सम्पन्न बनाउने, जिल्ला समन्वय समितिको भूमिका प्रष्ट पार्ने, स्थानीय सरकारको अनुगमन तथा मूल्यांकन संरचना तयार पार्नेजस्ता विषय समेट्दै के काम गर्ने भन्ने प्रष्टाएको छ ।

 




Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...