चुनावी प्रचारकै क्रममा ११ वर्षीय बालिका ताक्ने माओवादी नेता प्रहरीको फन्दामा
वि.सं.२०७९ वैशाख १६ शुक्रवार १३:३४
2.8K
shares
रसुवा: चुनावी प्रचारप्रसारको क्रममा ११ वर्षीय बालिकालाई यौन दुर्व्यबहार गर्ने नेकपा माओवादी केन्द्रका नेता प्रहरीको फन्दामा परेका छन् ।
बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।
बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सई कासीराम बुढाले बताए । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
वि.सं.२०७९ वैशाख १६ शुक्रवार १३:३४



















