YouTube Link

किसानले असारमा धान रोप्ने समयमा रासायनिक मल पाउने

World Cup 2026
Facebook Link

काठमाडौं:  किसानले असारमा धान रोप्ने समयमा रासायनिक मल पाउने भएका छन् । कृषि सामग्री कम्पनीले पर्याप्त मल मौज्दात रहेको भन्दै अभाव नहुने जनाएको हो ।

 

कम्पनीको भण्डारमा यूरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा रहेको छ । पर्याप्त मात्रामा रासायनिक मल भण्डारणमा भएपनि ढुवानीमा समस्या भएको मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

 

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत वैशाखदेखि देशका अधिकाशं जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण मलको ढुवानी हुन नसक्दा अभाव हुनसक्ने देखिएको कम्पनीले जनाएको छ ।

 

कृषि सामग्री कम्पनीसँग हाल १७ हजार टन युरिया मौज्दात रहेको छ । थप ५० हजार टन युरिया मल भदौमा आइपुग्ने कम्पनीले जनाएको छ । कम्पनीको तथ्यांक अनुसार धान रोप्ने समय जेठ असार र साउनमा करिब एक लाख टन मलको माग हुने गरेको छ ।

 

कम्पनीको भण्डारमा बिहीबारसम्मको तथ्यांक अनुसार १७ हजार १ सय ३५ मेट्रिक टन युरिया, ३३ हजार ५ सय ५७ मेट्रिक टन डिएपी र ३ हजार ५ सय ९० मेट्रिकटन पोटास मौज्दात रहेको छ ।

 

यस्तै, बंगलादेखबाट खरिद गरिएको ५० हजार टनमध्ये १९ हजार ५ सय टन हाराहारीको मल असार १५ गतेभित्र आइसक्ने अनुमान गरिएको छ । बोलपत्र मार्फत खरिद गरिएको ५० हजार मेट्रिक टन युरिया आयातको क्रममा रहेको छ ।

 

कम्पनीले ग्लोबल टेन्डरमार्फत चीनबाट ल्याउन लागेको ३० हजार टन युरिया मल बीचबाटोमा आइपुगेको छ । नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा करिब साढे ७ लाखदेखि ८ लाख टन मल आवश्यक पर्छ । जसमध्ये साढे पाँच लाख टन आयात गर्न सके किसानले अभाव झेल्नु पर्दैन ।

 

सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मल खरिद गर्न ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट करिब पाँच लाख टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डीएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने जनाएको छ ।

 

यो पनि पढ्नुहोस् :

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तय संस्थाहरुलाई नयाँ निर्देशन जारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...