ग्यास सिलिण्डर पड्किदा ११ घाईते, २ को अवस्था गम्भिर
वि.सं.२०७७ असोज २९ बिहीवार १५:२६
2.1K
shares
काठमडौ : काठमाडौको नयाँबजार स्थित फलफूलचोक नजिक एक घरमा ग्यास सिलिण्डर पड्किदा ११ जना घाईते भएका छन् । जसमध्ये २ को अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

स्थानीय निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते भएका २ जनालाई मनमोहन अस्पताल लगिएको छ ।अन्यको पिपल्स अस्पतालमा उपचार भैरहेको छ । ग्यास सिलिण्डर पड्केर झ्यालका सिसा फुटेको छ भने भित्ता नै भत्किएको छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार १५:२६




















