अवैध लागूऔषध सहित विभिन्न स्थानमा पक्राउ
वि.सं.२०७७ असोज २० मंगलवार १५:५५
1.7K
shares
काठमाडौं: झापा, दमक नगरपालिका-९ दिप ज्योती उराउ टोल बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारीलाई करिब ३५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद ७४ हजार ६ सय १५ रुपैयाँ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषध किनबेच गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा कोठाभित्र पलङ मुनि लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, मकवानपुर भिमफेदी गाउँपालिका-२ स्थित सडकमा ८ सय ७० पिस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने प्युठान मल्लरानी गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-३ नरदेवी बस्ने १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरले हेटौडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।९६ प ३२८५ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीलेथप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार १५:५५



















