प्रदेश ५ को राजधानी दाङको देउखुरी
वि.सं.२०७७ असोज २० मंगलवार १५:५२
1.7K
shares
काठमाडौं : प्रदेश ५ को राजधानीको टुङ्गो लागेको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा दुई तिहाई बहुमतले पास भएपछि अब प्रदेश ५ को राजधानी दाङको देउखुरी रहने निश्चित भएको हो । यस्तै प्रदेशको नाम लुम्विनी रहने भएको छ ।
प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको थियो ।
वि.सं.२०७७ असोज २० मंगलवार १५:५२




















