बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
वि.सं.२०७७ असोज २० मंगलवार १५:२२
1.1K
shares
काठमाडौं: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर उपमहानगरपालिका-१९ इखालखु बस्ने सोही उपमहानगरपालिका-२१ खोकना घर भएका ३४ वर्षीय अमर महर्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ माघ १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र ३२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक लिमिटेड कुमारीपाटी शाखाको चेक काटी दिई फरार भएकोमा उनलाई उक्त अदालतले उक्त सजाय तथा जरिवाना फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार १५:२२




















