YouTube Link

अमेरिकी डलर साटीदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा पक्राउ    

Facebook Link

काभ्रेपलाञ्चोक: सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ बस्ने ३८ वर्षीय श्रीखण्ड तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका हर्क तामाङ, सोही नगरपालिका-५ बस्ने ४७ वर्षीय  चैते भन्ने बुद्धि बहादुर तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय गोबिन्द तामाङ रहेका छन् । उनीहरुमध्ये श्रीखण्डलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ बाट, हर्कलाई उनकै डेराबाट, बुद्धि बहादुरलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-१० साँगा चोकबाट र गोबिन्दलाई चौतारा साँगाचोक गढी नगरपालिका-५ स्थित भिरकुनाबाट पक्राउ गरेको हो ।

उनीहरुले नुवाकोट दुप्चेश्वर गाँउपालिका-२ को कुटुमसाङ बस्ने पुरुषलाई २०७७ असार २० गते फोन सम्पर्क गरी अमेरिकी डलर १७ हजार सस्तो मुल्यमा दिने भन्दै प्रलोभनमा पारी अमेरिकी डलर भनिएको पोको दिई उक्त रकम लिई फरार भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

उनीहरु उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...