Rajshow Bivag

तातोपानी नाका खुल्नेभएपछि व्यवसायीहरु हर्षित

Departmant of helth services

काठमाडौ : लामो समयदेखि बन्द रहेको तातोपानी नाका यही १९ गतेबाट खुल्ने भएपछि व्यवसायीहरु हर्षित भएका छन् ।

कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने गरी नेपाल चीनका अधिकारबिीच सहमति भएको छ ।

गत २०७१ साउन १७ को जुरेपहिरो र २०७२ को विनाशकारी भूकम्पले सीमाक्षेत्र तहसनहस बनेपछि तातोपानी नाका पूर्णतया बन्द भएको थियो । यसैगरी २०७३ को भोटेकोसी बाढीले नाकाक्षेत्रको सडक क्षतविक्षत बनाइदिएका कारण नाका सञ्चालनमा थप कठिनाइ थपिएको थियो ।सोको पुर्ननिर्माण भएपछि हिजो मंगलबार दुई देशबीचको अधिकारीहरुले उक्त नाका खोल्ने सम्बन्धमा बैठक गरेका थिए ।

उक्त पुल बनेपछि अब चीनबाट सामान ल्याउनको लागि सहज हुने भएकोले व्यवसायीहरु हर्षित भएका हुन ।नेपाली महान चाड दशैं तिहार नजिकिदै जाँदा उक्त नाका खुलेपछि व्यापारका लागि सामानहरु ल्याउन सहज हुने भएकोले पनि व्यवसायीहरु हर्षित भएका हुन ।

१८ असोजमा चीन क्षेत्रको जाङमु पोर्ट सञ्चालनमा आउने र भोलिपल्टदेखि चिनियाँ सामान तातोपानी नाका हुँदै नेपाल आउनेगरी दुईपक्षीय सम्झौता भएको छ ।

लामो समयदेखि बन्द रहेको उक्त क्षेत्रबाट सामान ल्याउने भएपनि सुरक्षाको मापडण्ड पूरा गर्नुपर्ने जनाईएको छ ।

यसमा सामान आयातका लागि जाने चालक, सहचालक र लोडर मजदुरका अनिवार्य पीसीआर गरिनेछ । चालक सहचालक र मजदुरसमेत गरी एक सिफ्टमा २९ जनासम्म नेपाली रहनसक्ने जनाईएको छ ।त्यस्तै चिनियाँले नाका सञ्चालन भएपछि ५-५ दिनमा नाकामा खटिने चालक, सहचालक र मजदुरहरूको पीसीआर गर्ने बताईएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...