YouTube Link

राप्रपा नेता सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश

World Cup 2026
Facebook Link

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार दिउँसो तीन बजे कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुनिलसँगै राप्रपा परित्याग गरेकाहरु औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश भएका हुन् । सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य पाउने गरी थापाको समूह कांग्रेसमा प्रवेश गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपा र आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापा सहितका नेतालाई पार्टी सदस्यता सहित स्वागत गरे । लामो समय संयुक्त राष्ट्रसंघमा जागिरे जीवन बिताएर एक दशकअघि राजनीतिमा प्रवेश गरेका थापा पार्टी प्रवेशसँगै सहमहामन्त्री मनोनयन गरिएको सभापति देउवाले कार्यक्रममा जानकारी गराए ।

२०७० सालमा सम्पन्न संविधानसभा चुनावमा धनकुटाबाट निर्वाचित थापा तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा आपूर्ति तथा वाणिज्यमन्त्री समेत भएका थिए । उनीसँगै कांग्रेस प्रवेश गर्नेमा राप्रपाका १९ जना केन्द्रीय तहका नेता पनि छन् । धनकुटास्थित राप्रपाको सबै तहका कार्यसमिति पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसले पूर्वगृहमन्त्री एवं पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट ‘आउट’ गरेको तीन दिनमै सुनिल थापा समूहको कांग्रेसमा ‘इन्ट्री’ अनौठो संयोग बन्न पुगेको छ ।

यता, राप्रपाले भने सुनिल थापाले पिता सूर्यबहादुर थापाको विरासतलाई निरन्तरता दिन नसकेको आक्षेप लगाएको छ । २०४६ सालको जनआन्दोलनले पञ्चायती शासन अन्त्य गरेसँगै पञ्चायती व्यवस्थामा शक्तिमा रहेकाहरुले २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेका थिए, यद्यपि व्यक्तित्वको टकरावका कारण पञ्चायती व्यवस्थाका दुई धारले अलग अलग पार्टी दर्ता गराएका थिए । त्यसमध्ये एउटा धारको नेतृत्व सूर्यबहादुर थापाले गरेका थिए भने अर्को धारको नेतृत्व लोकेन्द्र बहादुर चन्दले गरेका थिए ।

राप्रपाको संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलले पिताको त्यो राजनीतिक विरासतलाई त्यागेर काँग्रेसबाट आगामी राजनीतिक यात्रा तय गर्ने निधो गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...