कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक
वि.सं.२०७७ साउन १३ मंगलवार ०८:००
काठमाडौं: कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुलाई प्रवेशका लागि रोक्न भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ ।
गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै भारतको धार्चुला प्रशासन कार्यालयले त्यस्त गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको हो ।
नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपनि भूभागलाई भारतले आफ्नो क्षेत्र रहेको दावी गर्दै आएको छ ।
नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।
वि.सं.२०७७ साउन १३ मंगलवार ०८:००