Texas College
YouTube Link

अबको दुई वर्षभित्र काठका पोलहरु हेर्न त के देख्न समेत पाउनु हुने छैन

Facebook Link
नप्रतिनिधिहरु निर्वाचित भएर आएको धेरै समय भएको छैन । छोटो समयमा भएका जति विकासका कार्यहरु भईरहेका छन् त्यसमा पनि जनताहरु खुशी छैनन् । भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुननिर्माण, सडक, बिजुली, शिक्षा, स्वस्थ र खानेपानीको काम जस्ता विकासहरु पनि तिव्र रुपले हुन नसकेको अवस्थामा नुवाकोट ककनी गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर लामा (थिङ)सँग यसै विषमा केन्द्रित रहेर अखबार टाईम्स साप्ताहिकका लागि विचारी चाम्लिङसँग गरिएको समसामयिक विषयमा गरेको संवादको सारसंक्षेप ।

– तपाइको वडामा के–कस्ता विकासका कार्यहरु अगाडि बढाई रहनुभएको छ ?

विशेष गरि भूकम्पबाट क्षतिग्रस्त घरहरु लगभग ८० प्रतिशत पुननिर्माण गरिसकिएको छ । निर्माण गर्न बाँकी रहेको २०५ घरहरु पनि यो वर्षायामपछि सम्पन्न हुन्छ यसबीचमा पुननिर्माणले पनि बजेट रोकेको कारण केहि कठिनाई भईरहेको छ ।

– आर्थिक वर्ष २०७४÷७५ को बजेटमा विकासका लागि कति खर्च गर्नुभयो ?

वडाको लागि एक करोड मात्र बजेट विनियोजन भएको थियो । त्यसमध्ये सडक, कृषि, महिला समुहको भवन निर्माण युवा क्लबहरुमा खर्च गरियो ।

– कहाँ–कहाँ गर्नुभयो ?

हालसम्म ककनी, भोट थान्सिङ्ग, नेपाने, डाँडागाउँ, सिम्ले, लाकुरे लगायतका स्थानहरुमा खर्च गरियो ।

– असारे विकास गरेर बजेट समाप्त गरिने गरिन्छ भन्ने आम जन गुनासो छ नि ?

हो, यहाँले उठान गर्नु भएको विषय सत्य हो । यो सालबाट हामीले त्यसो गर्न दिदैनौ । जेठ महिनासम्ममा सम्झौता गर्ने भनेर गाउँपालिकामा प्रस्ताव गरिसकेका छौं ।

– वितेका बजेटमा तपाइँले कुन–कुन विषयहरुलाई प्राथमिकतामा राख्नु भएको थियो ?

हामी चुनाव जितेर आउनुभन्दा आगाडि कर्मचारीहरुले विकासका कार्यहरु सञ्चालन गरेका थिए । त्यसताका विकासका कार्यहरुमा जनताहरुले खासै चासो र अभिरुचि राख्दैन थिए । जब स्थानीय जनप्रतिनिधिहरु निर्वाचित भएपछि जनताहरुले विकासका लागि चासो राख्ने गरेका छन् । खासगरी यहाँको समस्याको रुपमा देखा परेको सडकहरु नै छन् । त्यसैको लागि युद्ध स्तरले सडक विस्तारका लागि अगाडि बढिरहेको छ ।

– यहाँले कहाँको कुन–कुन सडकहरु बनाई रहनुभएको छ ?

ट्रयाक त पहिला नै बनिसकेको थियो । ती साना ट्रयाक बनिसकेका सडकहरुलाई ८ मिटर चौडा बनाएर सडक विस्तार गर्ने कार्य सम्पन्न भईरहेको छ । यहाँले आफै पनि देखिरहनु भएको छ । नेपाने, सिम्ले, डाँडागाउँ, मझुवा, तल्लो सिम्ले, ढुङ्गेन लगायतका स्थानहरुमा विशेष गरि प्राथमिकताको साथ अगाडि बढाई रहेको छु ।

– नढाँटिकन भन्नुपर्दा तपाइँको कार्य शैलीबाट जनताहरु कति सन्तुष्ट छन् त ?

स्वभावैले मैले गरेको कार्यबाट वडावासीहरु सन्तुष्ट छन् । तर असन्तुष्ट हुने अर्को पाटो पनि छ । यो जिल्ला पहाडि भेग भएको कारण सडक, बिजुली, शिक्षा, स्वस्थ र खानेपानीको एकदमै समस्या छ । जसले गर्दा सम्पूर्ण जनताहरु शत प्रतिशत सन्तुष्ट छैनन् । प्रतिक्रियाहरु आउँछन् जान्छन् । सम्पुर्ण कुरो एकैचोटि सम्पन्न हुने सम्भव पनि भएन ।

– चुनावको बेला गरेका प्रतिबद्धताहरू कति पुरा भयो त ?

जन प्रतिनिधिहरु निर्वाचित भएर आएको धेरै भएको छैन । छोटो समयमा भएका जति विकासका कार्यहरु गरिरहेका छौं, ति सबै हाम्रै प्रतिबद्धता भित्रै रहेर काम गर्दैछौं । वडालाई नै विकास सम्पन्न गर्न त समय लाग्छ नि ।

– मुख्य प्रतिबद्धताहरू के–के बाँडनु भएको थियो ?

मेरो वडामा रहेका सडकहरु सम्पन्न गराउने, बाटाघाटा, पुल पुलेसा, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, एक घर एक धारा र स्थानीय तवरबाट हुने कुराहरुमा हाम्रो पहिलो प्राथमिकता रहने छ भन्ने नै हो ।

– स्थानीय निर्वाचनपछि शिंहदरवारका अधिकार गाउँ–गाउँमा आउँछ भनिन्थ्यो, यस नाराको अनुभूति तपाइँका वडावासीले कतिको महशुस गर्न पाएका छन् ?

स्थानीय सरकार सञ्चालित ऐन अन्तर्गत प्रत्यक वडाको कार्यालय आफ्नै वडाभित्र हुनुपर्ने, त्यसमा अधिकृत स्तरको वडा सचिव हुनुपर्ने अधिकृतको मातहतमा ५ जना वडा स्तरकै प्राविधिक समेत गरि कर्मचारी हुने भन्ने व्यवस्था छ । यो सबै व्यवस्था जबसम्म पुरा हुँदैन, तबसम्म जनताहरुले पुर्ण रुपमा शिंहदरवारको अधिकार गाउँ–गाउँमा पाउन सक्छ जस्तो लाग्दैन ।

– आगामी आर्थिक वर्षमा के–कस्ता विषयहरु तपाइँको प्राथमिकता रहनेछन् ?

यहाँको जनताहरुलाई स्थानीय सरकारको अनुभूति गराउने मेरो प्राथमिकता भित्र पर्दछ । जसको लागि, कर्मचारीहरुको कुनै अभाव हुनु भएन । ऐन प्रष्ट रुपमा आउनुपर्छ । विकासका कार्यहरु नियमित भईरहेका कामहरु हुन । शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, सुरक्षा, कृषकहरुले उत्पादन गरेका कुनैपनि वस्तुलाई बजारसम्म पु¥याएर वस्तुको उचित मूल्यमा बिक्रि वितरण गराउने जस्ता आधारभूत आवश्यकता पुरा गर्न म तनमन धन दिएर अगाडि बढ्ने कुराहरु नै मेरा प्राथमिकता विषयहरु हुन् ।

– अन्त्यमा केहि भन्नु छ ?

मलाई जुन वडावासी जनताहरुले यो व्यक्तिले विकासका लागि केही गर्न सक्छ भनेर नै निर्वाचित गराएका हुन् । थोरै समयमा पनि केहि विकासहरु भएकै मान्नुपर्छ । म उहाँहरुको मन जित्दै मन भित्रै रहन चाहन्छु । प्राधिकरणको ढिला सुस्ती र सीईओ परिवर्तन भईरहेको कारण समयमा काम सम्पन्न हुन नसकेको कुराहरु यहाँको मिडियाबाट जानकारी गराउन चाहन्छु । वडाको ईन्जिनियर र वडा अध्यक्षलाई अख्तियारी दिने कुरा भईरहेको छ । यो भएको खण्डमा भुकम्प पिडितहरुलाई राहत दिलाउन र अर्को समस्याको रुपमा खडा रहेको काठका पोलहरु ढल्ने अवस्थामा रहेका छन् । त्यसलाई निर्मुल पार्दै फलामे पोलहरु राख्नेछु । अबको दुई वर्षभित्र काठका पोलहरु हेर्न त के देख्न समेत पाउनु हुने छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कहिलेसम्म नेपालीले ज्यान फाल्ने ? ‘भगवान्, यतिचाहिँ गर्नुस्’ भनेर मैले हात जोडेँ

कहिलेसम्म नेपालीले ज्यान फाल्ने ? ‘भगवान्, यतिचाहिँ गर्नुस्’ भनेर मैले हात जोडेँ

वि.सं.२०८२ चैत २ सोमवार १०:४०

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले...

वर्तमान सरकारको मुख्य ‘एजेन्डा’ नै समयमै निर्वाचन सम्पन्न गर्नु हो: गृहमन्त्री अर्याल

वर्तमान सरकारको मुख्य ‘एजेन्डा’ नै समयमै निर्वाचन सम्पन्न गर्नु हो: गृहमन्त्री अर्याल

वि.सं.२०८२ फागुन १२ मंगलवार १३:३५

नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको...

नेपालको इतिहासमा यो निर्वाचनको ऐतिहासिक महत्व छ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव

नेपालको इतिहासमा यो निर्वाचनको ऐतिहासिक महत्व छ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव

वि.सं.२०८२ फागुन १० आइतवार १३:३९

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७ गते...

आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

वि.सं.२०८२ पुस ९ बुधवार १४:४६

  फोटो बिनाको सञ्चार परिकल्पना बाहिरको कुरा हो । सयौँ...

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

वि.सं.२०८२ असोज ३ शुक्रवार ११:०८

सुशिला कार्की अन्तरीम प्रधानमन्त्री २०८२ साल भाद्र २३ र २४...

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:४२

अनिल केडिया सञ्चालक, डि. ए. भि. स्कुल मानव जीवन संस्कार,...