बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने

 

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसर पारेर नेपाल भ्रमणमा आउने भएका छन् ।

 

मे १६ अर्थात् जेठ २ भन्दा अघि नै उनी नेपाल भ्रमणमा आउने तयारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ,’ भारतीय पत्रिका द हिन्दूले उल्लेख गरेको छ ।

 

द हिन्दूले लेखेको छ । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावन रहेको पत्रिकाले उल्लेख गरेको छ ।

 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा द्विपक्षीय भ्रमणका लागि भारत गएको एक महिनापछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण तत्काल रोकिने अवस्था नरहेको बताइएको छ ।

 

नेपाल भ्रमणका क्रममा कुनै औपचारिक द्विपक्षीय छलफल भने नहुने बताइएको छ । भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने भएपछि नेपालका लागि भारतीय राजदूत पठाउन पनि सरकारले द्रुत गतिमा तयारी गरिरहेको पनि जनाइएको छ ।

 

प्रधानमन्त्रीको नेपाल भ्रमण केही घन्टा मात्र हुने र उनले २५०० वर्षअघि राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्मिएका बुद्धको जन्मस्थल मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको छ ।

 

NRB Bank Ad
Salt Trading
Nishana Seving AD

KMC Advertisment
Kumari Bank AD
Alice Education home sports
भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

वि.सं.२०७९ जेठ ८ आइतवार १८:३५

  चितवन: भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको...

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

वि.सं.२०७९ जेठ ८ आइतवार १७:४०

  सुनसरी: धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित...

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

वि.सं.२०७९ जेठ ८ आइतवार १५:५५

  काठमाडौं: काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ लाख १४ हजार २०५...

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

वि.सं.२०७९ जेठ ८ आइतवार १५:१४

  दोहा: विदेशी भूमि कतारमा किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड...

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

वि.सं.२०७९ जेठ ८ आइतवार १२:२६

  काठमाडौं: स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७०५ पालिकाको मतगणना...

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

वि.सं.२०७९ जेठ ८ आइतवार ११:५१

  सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित...