पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना कोरोना संक्रमितको मृत्यु
वि.सं.२०७८ माघ ११ मंगलवार १७:४३
1.9K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १ सय ३ जनाको पीसीआर परीक्षणमा ९ हजार ४ सय ३२ र ७ हजार ८ सय ६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ५ सय ७६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ ।
वि.सं.२०७८ माघ ११ मंगलवार १७:४३


















