YouTube Link

हिमालयन बैंक बाहेक २६ वाणिज्य बैंकहरुले ६ महिनामै कमाए ३३ अर्ब बढी, ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरुको खुद नाफामा वृद्धि गरेका छन् ।

 

बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएका छन् ।

 

यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ७.७० प्रतिशतले बढी हो ।

 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेर अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयनले वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

 

अघिल्लो वर्षको ६ महिनामा भने यो बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको थियो ।

 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै मूनाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा देखिएको छ ।

 

अघिल्लो वर्षको ६ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ कमाएको यस बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।

 

मूनाफा धेरै कमाउने दोस्रो नम्बरमा एनआईसी एसिया बैंक देखिएको छ ।

 

व्यवसाय विस्तारमा निकै आक्रामक रुपमा प्रस्तुत हुने गरेको यस बैंकले नबिल र राष्ट्रिय वाणिज्य बैंकलाई समेत उछिनेको छ ।

 

गत वर्षको ६ महिनामा २ अर्ब ६ करोड रुपैयाँमात्रै कमाएको एन्आईशी एसिया बैंकले यस वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

 

यसैगरी नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९२ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ ।

 

अघिल्लो वर्ष सोही अवधिमा नबिलले २ अर्ब १ करोड रुपैयाँ र रावा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

 

धेरै नाफा कमाउने पाँचौ नम्बरमा भने एनएमबि बैंक देखिएको छ ।

 

एनएमबि बैंकले अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ कमाएकोमा यस वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...