YouTube Link

बालबालिकाका लागि थप ४० लाख डोज मोर्डना खोप आउँदै

Facebook Link

काठमाडौं: १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न मिल्ने थप ४० लाख डोज मोडर्ना खोप आउने भएको छ ।

यो खोप आज आइतबार र मंगलबार गरी दुई लटमा आउने भएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका निर्देशक सुरेन्द्र चौरासियाले आइतबार साँझ कतार एयरलाइन्सबाट १३ लाख डोज आउने र बाँकी खोप मंगलबार बिहान आउन लागेको बताए ।

सरकारले खरिद प्रक्रियाबाट ल्याउने यो खोप यसअघि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको थियो ।

यसपटक ल्याइएको खोप पनि सोही उमेर समूहका खोप लगाउन बाँकी बालबालिकालाई दिइने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ ।

त्यसो त यसअघि फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।

तर, अब सो खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना अघि सारिएको छ ।

नेपालमा कोभिडविरुद्ध भेरोसेल, कोभिसिल्ड, एस्टाजेनेका, जाोनसन, फाइजर, मोडर्ना लगायतका खोपहरू लगाइएको छ ।

अहिले फ्रन्टलाइनरहरूलाई अतिरिक्त डोज (तेस्रो डोज)समेत दिन थालिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...