मुलकभर २४ घण्टामा ४ हजार बढि कोरोना संक्रमित थपिए
वि.सं.२०७७ असोज २६ सोमवार १७:१७
1.3K
sharesकाठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएको हो ।
यो संगै मुलुकभर संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
संक्रमितमध्ये काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ सय रहेका छन् ।
सक्रिय संक्रमितको संख्या १३ हजार ९ सय २३ रहेको छ ।
संस्थागत आइसोलेसन तर्फ १३ हजार ९२३ र १९ हजार ९५७ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ४७३ डिस्चार्ज भएका छन् ।
२४ घण्टामा १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएको छ ।
वि.सं.२०७७ असोज २६ सोमवार १७:१७



















