अमेरिकामा नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने
वि.सं.२०७७ भदौ १९ शुक्रवार १२:४६
1.8K
shares
एजेन्सी: अमेरिकामा नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने भएकाे छ। अमेरिकाको संघीय सरकारले सबै राज्यलाई तयार रहन अनुरोध गरेको छ।
कोरोनाविरुद्धको खोप वितरण कार्य तीव्रताका साथ गर्नुपर्ने हुनाले सहयोग गर्न अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले अनुरोध गर्नु भएकाे छ।
रेडफिल्डले आवश्यकताकाे आधारमा नोभेम्बर १, २०२० सम्म खोप केन्द्रहरुलाई पूर्णरुपमा सञ्चालन गर्ने व्यवस्था गर्नु अनुराेध गर्नु भएकाे छ।
रेडफिल्डले अगस्ट २७ मा राज्यहरुका गभर्नरलाई पत्र लेख्दै निकट भविष्यमा हामीलाई म्याककेसन कर्पोरेसनका तर्फबाट अनुमति मिल्नेछ, यसकारण राज्य स्थानीय स्वास्थ्य विभाग तथा अस्पतालसमेत थुप्रै स्थानमा खोप वितरणका लागि रोग नियन्त्रण केन्द्रसँग अनुबन्ध गरिएको जानकारि गराउनु भएकाे थियाे ।
अमेरिका सरकारले मेरिल्यान्डको गिथर्सबर्गस्थित नोभाभ्याक्स कम्पनीलाई भ्याक्सिन विकास र निर्माणका लागि १.६ अर्ब डलर मद्दत गरेको थियो। यो खोप तीन साताभित्र दुई डोजका रुपमा दिइनेछ।
कोरोना भाइरसको यो भ्याक्सिनको सुरुआती परिणामले सुरक्षासम्बन्धी कुनै अप्ठेरो नदेखाउनुका साथै यसले मानिसकाे प्रतिरक्षा प्रणाली मजबुत पार्नेछ।
वि.सं.२०७७ भदौ १९ शुक्रवार १२:४६



















