कर्फ्युकाबीच रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिदै
वि.सं.२०७७ भदौ १९ शुक्रवार १३:४१
1.7K
shares
ललितपुर: जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच आज पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा भईरहेकाे छ।

विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय लगायतका प्रतिनिधिहरुको बैठकले छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गर्ने निर्णय गरेकाे हाे ।
ललितपुरकाे चक्रपथ क्षेत्रभित्र सीमित व्यक्ति उपस्थित भई शुक्रबार क्षमापूजा गरि २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको बैठकमा सहभागीले जानकारी दिए ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १३:४१



















