YouTube Link

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

Khanepani Dhal
Facebook Link

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गरेका छन् । ट्रम्पका अनुसार अमेरिकाले अन्य देशको तुलनामा डब्ल्यूएचओमा आबद्ध हुँदा अनुचित मूल्य चुकाइरहेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोना लगायतका महामारीमा असफल भएको भन्दै आलोचना समेत गर्दै आएका छन् ।

 

मंगलबार ह्वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले संयुक्त राष्ट्रसंघले डब्ल्यूएचओमार्फत् अमेरिकालाई पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए । अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको छ । शपथ ग्रहणको केही घण्टापछि उनले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका हुन् । विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् । अमेरिकामा ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने उनले बताएका छन् । साथै अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । अमेरिका फेरि पनि उत्पादक देश बन्ने बताउँदै उनले भने, ‘हामीसँग विश्वकै धेरै प्राकृतिक ग्याँस र तेल छ । हामीले यसको पूर्ण उपयोग गर्ने छौं ।’ त्यसक्रममा ट्रम्पले ‘ड्रिल बेबी ड्रिल’को नारा पनि लगाएका थिए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

वि.सं.२०८१ फागुन ६ मंगलवार १३:४६

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै...

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२

काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल...

खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट

खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट

वि.सं.२०८१ फागुन ५ सोमवार ०९:०१

खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण...

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला...