YouTube Link

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

Facebook Link

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गरेका छन् । ट्रम्पका अनुसार अमेरिकाले अन्य देशको तुलनामा डब्ल्यूएचओमा आबद्ध हुँदा अनुचित मूल्य चुकाइरहेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोना लगायतका महामारीमा असफल भएको भन्दै आलोचना समेत गर्दै आएका छन् ।

 

मंगलबार ह्वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले संयुक्त राष्ट्रसंघले डब्ल्यूएचओमार्फत् अमेरिकालाई पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए । अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको छ । शपथ ग्रहणको केही घण्टापछि उनले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका हुन् । विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् । अमेरिकामा ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने उनले बताएका छन् । साथै अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । अमेरिका फेरि पनि उत्पादक देश बन्ने बताउँदै उनले भने, ‘हामीसँग विश्वकै धेरै प्राकृतिक ग्याँस र तेल छ । हामीले यसको पूर्ण उपयोग गर्ने छौं ।’ त्यसक्रममा ट्रम्पले ‘ड्रिल बेबी ड्रिल’को नारा पनि लगाएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...