श्रीलंकामा राष्ट्रपति चुनावका लागि मतदान जारी
वि.सं.२०७६ कात्तिक ३० शनिवार १२:४२
975
sharesएजेन्सी: श्रीलंकामा आज राष्ट्रपति चुनावको लागि मतदान जारी छ । विहान सात बजेबाट देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदानको क्रममा केही ठाउँमा हिंसाका घटना भएका छन् । बिहानै श्रीलंकामा उत्तर–पश्चिम क्षेत्रमा मतदाता बोकेको बसहरुमाथि गोली चलेको घटना आएको छ ।
गोलीबारीमा कसैको मृत्यु भएको खबर भने आएको छैन तर कयैन घाइते भएका छन् । एक सयभन्दा बढी बसको लाइनमाथि आक्रमण गर्नको लागि सडक किनारामा ब्लक नै बनाइएको पाइएको छ । इस्टरको समयमा चर्चहरुमा ठूलो आक्रमण भएपछि यो देशमा पहिलो ठूलो आक्रमण हो । उक्त आक्रमणपछि देशमा मुसलमानहरु प्रति घृणाको वातावरण कायम छ । श्रीलंकामा मतदानको लागि १ दशमलव ६ करोड मतदाताको नाम दर्ता छ ।
चुनावी मैदानमा अहिलेसम्मको सबैभन्दा धेरै ३५ उमेद्वार उठेका छन् । प्रतिस्पर्धीमध्ये पूर्व सचिव गोतबया राजपाक्षे र वर्तमान आवास मन्त्री सजित प्रेमदासा मुख्य प्रतिस्पर्धी मानिएको छ । चुनावी मैदानमा रहेका अन्य ठूला नाममा वर्तमान सांसद अनुरा दिसानायके र अवकास सेना कमाण्डर महेश सेनानायके छन् ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार १२:४२