YouTube Link

फ्रान्समा अत्याधिक हिमपात, एक जनाको मृत्यु, झण्डै तीन लाख घरमा विद्युत सेवा अवरुद्ध

Facebook Link

एजेन्सी: अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ । हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । बाटोमा ढलेको रुख र हिउँ हटाउने क्रममा अर्को रुख ढलेर किच्दा एक बृद्धको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

हिउँका कारण बाटो पनि अवरुद्ध भएको र बाटोबाट हिउँ हटाउने काम पनि भइरहेको समाचारमा जनाइएको छ । यस क्षेत्रका झण्डै तीन लाख घरमा विद्युत सेवा अवरुद्ध भएको एक सरकारी अधिकारीले जनाएका छन् । विषेशगरेर ड्रोम, अर्डेच, इसेर, ल्योन र ग्रेनोबललगायतका क्षेत्रमा हिमपातका कारण बढी असर परेको र विद्युत सेवा अवरुद्ध भएको बताएको छ । हिमपातका कारण यसरी ठूलो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको यो अपवादको घटना भएको अधिकारीहरुको भनाई छ । त्यस क्षेत्रमा झण्डै एक फिटसम्म हिउँ जमेको जनाईएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:१४

काठमाडौं: कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले...

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

वि.सं.२०८१ भदौ २७ बिहीवार १६:०२

काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते...

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२०

काठमाडौं: नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु...

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:०४

काठमाडौं: सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार्न नयाँ...

कोटिहोममा आम्दानीभन्दा बढी भएको खर्च

कोटिहोममा आम्दानीभन्दा बढी भएको खर्च

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:३७

काठमाडौं: एक महिनासम्म पशुपतिनाथ मन्दिरमा आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च...

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

वि.सं.२०८१ भदौ २६ बुधवार १७:०७

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा...