YouTube Link

बिहार र उत्तर प्रदेशमा बाढीका कारण एक सय जनाभन्दा बढीको मृत्यु

Facebook Link

एजेन्सी: भारतको पटनाका अधिकांश आवासीय क्षेत्रहरू डुबानमा परेका छन् । ठूलो वर्षा भएपछि बाढीका कारण भारतका उत्तर प्रदेश र बिहार राज्यमा एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । ती राज्यका सहरी क्षेत्रमा वर्षा र बाढीले जनजीवन नराम्ररी प्रभावित बनाइदिएका दृश्यहरू सार्वजनिक भएका छन् ।

बाढीका कारण रेल सेवा, अन्य यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएका छन् । बिहीबार यता उत्तर प्रदेशमा मात्रै ९३ जनाको मृत्यु भएको बताइएको छ । बिहारमा २९ जनाको मृत्यु भएको उक्त राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ । बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित भएको छ । पटनामा मानिसहरू डुङ्गा चढ्न बाध्य भएका छन् ।

सडकमा पानीमा डुबेका सवारीसाधनहरूको दृश्य सामाजिक सञ्जालमा सार्वजानिक भएका छन् । पटना शुक्रवारदेखि जलमग्न भएको हो । त्यहाँ धेरै आवासीय क्षेत्र डुबानमा परेका छन् । बिहार सरकारले भारतीय वायुसेनालाई हेलिकप्टर तथा पानी फाल्ने उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...