YouTube Link

एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी, श्रीलंका ६७ रनले पराजित

Khanepani Dhal
Facebook Link

एजेन्सी: एक दशकपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेलेको पाकिस्तानले जितबाट शुरुवात गरेको छ । श्रीलंकाविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ ।

एक दशकपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेल्न पाएको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित गर्यो । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । यसअघि पहिलो खेल भारी वर्षका कारण रद्द भएको थियो । पाकिस्तानले दिएको ३ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६ दशमलब ५ ओभरमा २ सय ३८ रनमा अलआउट भयो । २८ रनमा पाँच विकेट गुमाएको श्रीलंकाका लागि शेहान जयसुरिया र दासुन शेनाकाले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गरे । उनीहरुले १७७ रनको पार्टनरसिप गरेका थिए । ब्यक्तिगततर्फ जयसुरियाले ९६ रन बनाए भने शनाकाले ६८ रन जोडे ।

श्रीलंकाबिरुद्ध जित निकाल्ने क्रममा पाकिस्तानका उश्मान सिनवारीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा सात विकेट गुमाउँदै ३०५ रन बनायो । उसका लागि बाबर अजामले सतकीय पारी खेले । उनले १०५ बलमा ११५ रनको योगदान दिए । यस्तै फखर जमानले ५४ रन जोडे भने हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२, इमाम उल हकले ३१ बनाए । दुई टिमबीचको तेस्रो खेल बुधबार हुनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...