YouTube Link

एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी, श्रीलंका ६७ रनले पराजित

Facebook Link

एजेन्सी: एक दशकपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेलेको पाकिस्तानले जितबाट शुरुवात गरेको छ । श्रीलंकाविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ ।

एक दशकपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेल्न पाएको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित गर्यो । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । यसअघि पहिलो खेल भारी वर्षका कारण रद्द भएको थियो । पाकिस्तानले दिएको ३ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६ दशमलब ५ ओभरमा २ सय ३८ रनमा अलआउट भयो । २८ रनमा पाँच विकेट गुमाएको श्रीलंकाका लागि शेहान जयसुरिया र दासुन शेनाकाले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गरे । उनीहरुले १७७ रनको पार्टनरसिप गरेका थिए । ब्यक्तिगततर्फ जयसुरियाले ९६ रन बनाए भने शनाकाले ६८ रन जोडे ।

श्रीलंकाबिरुद्ध जित निकाल्ने क्रममा पाकिस्तानका उश्मान सिनवारीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा सात विकेट गुमाउँदै ३०५ रन बनायो । उसका लागि बाबर अजामले सतकीय पारी खेले । उनले १०५ बलमा ११५ रनको योगदान दिए । यस्तै फखर जमानले ५४ रन जोडे भने हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२, इमाम उल हकले ३१ बनाए । दुई टिमबीचको तेस्रो खेल बुधबार हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...