YouTube Link

ब्रेक्जिटको मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्री बोरिस जोनसोनद्वारा संसद् निलम्बन

Facebook Link

एजेन्सी: संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएकी छन् । यो अनुमतिले अब बेलायती प्रधानमन्त्री बोरिसलाई अघि बढ्न सहज भएको छ । महारानी एलिजावेदको अनुमतिसँगै प्रधानमन्त्री बोरिसले आउँदो सेप्टेम्बरपछि बेलायतको संसद्‌ निलम्बन गर्ने प्रकियामा जाने अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद् निलम्बन भएपछि १४ अक्टोबरका दिन महारानीको सम्बोधन हुने पनि जनाएका छन् । संसद् भंग गर्ने सरकारको निर्णयलाई लिएर विपक्षी दलले भने आलोचना गरेका छन् । टोरी पार्टीका ब्याक बेन्चर डोमिनिक ग्रिबले सरकारको यो कदमलाई अपमानजनक भएको बताएका छन् । यस घटनाले जोनसनको सरकार तल गिरेको उनको दाबी छ । यो कदम अलोकतान्त्रिक भएको पनि सांसदहरुले बताएका छन् ।

प्रधानमन्त्री जोनसनले भने देशलाई अघि लैजानका लागि यो कदम चालिएको बताएका छन् । संसद्‌समक्ष बेलायतलाई युरोपेली संघ (इयू)बाट बाहिर ल्याउनको लागि पर्याप्त समय भएको भन्दै उनले त्यसका लागि गृहकार्य शुरु गरेको पनि बताएका छन् । बेलायत अक्टोबर ३१ मा इयुबाट बाहिरिने मिति तय भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...