बहुचर्चित मिडिया काउन्सिल विधेयक आज राष्ट्रियसभामा पेश हुँदै
वि.सं.२०७६ भदौ १२ बिहीवार ११:०७
750
sharesकाठमाडौं: मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा आज पेश हुने भएको छ । दर्ता भएको तीन महिनापछि विधेयक राष्ट्रिय सभामा पेश हुन लागेको हो । विधेयकका प्रावधानहरु संशोधन गर्न सरकारले सहमति जनाएपछि विधेयक पेश हुन लागेको हो ।
गत वैशाखमा विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संगठनहरु आन्दोलनमा उत्रिएका थिए । पत्रकारहरु आन्दोलनमा उत्रिएपछि सरकारले विभिन्न पक्षसँग छलफल र वार्ता गर्दै संशोधन गर्न सकिने जनाएको थियो । त्यस्तै प्रमुख प्रतिपक्षी दलले यो विधेयक फिर्ता हुनुपर्ने भन्दै संसदमा विरोध गरेको थियो ।
दर्ता गरिएको विधेयकमा काउन्सिलका अध्यक्षलाई सरकारले हटाउन सक्ने, समाचार लेखेकै भरमा पत्रकारले १० लाख तिर्नु पर्ने लगायतका व्यवस्था राखिएको थियो । जसको तिब्र विरोध भएको थियो । विधेयकको दफा ३ मा मिडिया काउन्सिल बनाउने व्यवस्था गरिएको थियो । दफा १० मा काउन्सिलको अध्यक्षको पदावधिको व्यवस्था गरिएको छ । जहाँ नियुक्त हुने पदाधिकारीलाई सरकारले चाहेका बेला हटाउन सक्ने व्यवस्था प्रस्तावित थियो ।
वि.सं.२०७६ भदौ १२ बिहीवार ११:०७