इन्डोनेसियाको पश्चिमी प्रान्तमा भ्रम फैलाउन खोजेको भन्दै सरकारद्वारा इन्टरनेट सुविधामा कटौती
वि.सं.२०७६ भदौ ४ बुधवार ०९:०५
777
sharesएजेन्सी: इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।
पश्चिमी पापुरालाई दुई भागमा विभाजन गरेको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएको समाचारमा जनाइएको छ । आन्दोलनकारीले शान्तिपूर्ण र्याली गर्ने तयारी गरेपछि थप सुरक्षाकर्मी परिचालन गरीएको हो ।
सरकार विरोधी गतिविधिहरु बढ्न थालेपछि इन्डोनेसिया सरकारले इन्टरनेट सुविधा कटौती गर्न थालेको छ । आन्दोलनकारीहरुले इन्टरनेटमार्फत भ्रम फैलाउन खोजेको भन्दै त्यसलाई नियन्त्रण गर्न खोजिएको सञ्चार तथा सूचना मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७६ भदौ ४ बुधवार ०९:०५