YouTube Link

ईरानी नियन्त्रणमा रहेका आफ्ना १८ नागरिक छोड्न भारतको आह्वान

Facebook Link

एजेन्सी: तेल बोकेको बेलायती ट्याङ्करसँगै इरानले नियन्त्रणमा लिएका आफ्ना नागरिकलाई रिहा गर्न भारतले आह्वान गरेको छ । इरानको तटरक्षक दस्ताले हर्मुजको स्ट्रेटबाट नियन्त्रणमा लिएको बेलायतको ट्यांकरमा १८ जना भारतीय नागरिक सहित अन्य देशका कर्मचारी समेत रहेको जनाइएको छ ।

इरानी अधिकारीले भने बेलायती ध्वजाबहाक ट्याङ्करले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ उल्लङ्घन गरेपछि नियन्त्रणमा लिइएको हो । इरानी सुरक्षा गार्डले नियन्त्रणमा लिएका आफ्ना नागरिकको सुरक्षा र शीघ्र रिहाईसँगै भारतलाई हस्तान्त्ररण गराउनका लागि इरानसँग कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेका समय पछिल्ला केही हप्ता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ । ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा गरेको छ । पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको बताइन्छ ।

ट्याङ्करमा एक फिलीपिनी, तीन रुसी र एक लाटभियाली पनि चालक दल सदस्यका रूपमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानी अधिकारीले ट्याङ्कर र चालक दलका २३ सदस्यलाई बन्दर अब्वासको बन्दरगाहस्थित बन्दगाहमा नियन्त्रणमा राखिएको जनाएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

वि.सं.२०८२ भदौ २ सोमवार ०८:३०

काठमाडौं: हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी...

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

वि.सं.२०८२ साउन २६ सोमवार ०७:४५

काठमाडौं: इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको...

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

वि.सं.२०८२ साउन १४ बुधवार ०९:३६

एजेन्सी: रूसको काम्चात्का पेनिन्सुलाको पूर्वी समुद्रतट नजिक ८.७ म्याग्निच्युडको शक्तिशाली...