YouTube Link

इराकको अर्बिलमा बन्दुकधारीद्वारा टर्किका कूटनीतिज्ञको गोली हानी हत्या

Khanepani Dhal
Facebook Link

एजेन्सी: उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा बन्दुकधारीले टर्किका कूटनीतिज्ञको हत्या गरेका छन् । अर्बिलको अनकावा क्षेत्रस्थित एक रेष्टुरेन्टमा भोजन गरिरहेका बेला दुई बन्दुकधारीले अर्बिलस्थित नियोगका उप महावाणिज्य दूतलाई लक्षित गरी गोली हानेका थिए ।

बन्दुकधारीको आक्रमणका क्रममा अरु एक जनाको पनि ज्यान गएको र अर्का एक घाइते भएको बताइएको छ । गोली चलाउने दुबै बन्दुकधारी फरार छन् । टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानका प्रवक्ताले आक्रमणकारीको पहिचान गरी आक्रमणको बदला लिने दृढता व्यक्त गरेका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि सो क्षेत्रमा टर्कीमो बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेका लडाकु सक्रिय रहेको र उनीहरुले नै टर्किस कूटनीतिज्ञको हत्या गरेको हुनसक्ने बताइएको छ । टर्कीले आतंककारी समूह भन्दै पीकेकेविरुद्ध व्यापक कारवाही गर्दै आएको छ । बुधबारमात्रै टर्कीले इराकी कुर्दिस्तान क्षेत्रमा पीकेके लडाकुविरुद्ध गरेको हवाई आक्रमणमा ७ पीकेके लडाकुको ज्यान गएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...