YouTube Link

दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्र अवलोकन गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

Khanepani Dhal
Facebook Link

एजेन्सी: जी ट्वेन्टी शिखर सम्मेलन सकेर जापानबाट दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आज दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रका सैनिकरहित क्षेत्रको अवलोकन गर्ने भएका छन् ।

ट्रम्पले डिमिलिट्राईज्ड जोन भनिने सैनिकरहित क्षेत्रको भ्रमण गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डीएमजेड क्षेत्रको वरपर भने ठूलो संख्यामा दक्षिण र उत्तर कोरियाको सेना परिचालन भएको छ। दक्षिण कोरियाको सेनासँगै अमेरिकी सेना पनि परिचालित छ । डीएमजेड क्षेत्रको भ्रमणको तयारी गरेका राष्ट्रपति ट्रम्पसँग दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले पनि भ्रमण गर्ने बताइएको छ ।

डीएमजेड भ्रमणका क्रममा भेटघाट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आग्रह गरेका थिए । यसबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । तर कतिपय अधिकारीहरुले उत्तर कोरियाली नेता किम डीएमजेड क्षेत्रमा आउन सक्ने र भेट हुन सक्ने प्रतिक्रिया दिएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुले केही समयअघि मात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरिया भ्रमण गरेको र जी-ट्वेन्टी शिखर सम्मेलनमा ट्रम्प र सीबीच भेटवार्ता भएका कारण उत्तर कोरियासँगको भेटको मध्यस्थता चीनले गरिरहेको अनुमान गरेका छन् । यो बीचमा अमेरिकाले चीनको हुवावे कम्पनीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५

काठमाडौं: ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५...

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, २८ जनाको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, २८ जनाको मृत्यु

वि.सं.२०८१ पुस १४ आइतवार ०८:१४

एजेन्सीः दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान...

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणमा नेपाल आउँदै

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणमा नेपाल आउँदै

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १२:०५

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने...

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०८:५०

काठमाडौं: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।...

इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा ६० जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा ६० जनाको मृत्यु

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १२:३६

एजेन्सी: लेवनाको पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई...