YouTube Link

आज राष्ट्रिय धान दिवस, किसानहरुले खेतमा रोपाई गरि दही चिउरा खाएर मनाईदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: मुठी खाएर मुरी उब्जाउने दिन महिनाको मध्य अर्थात् असार १५ गतेका दिन हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।

मानो रोपेर मुरी फलाउने दिनका रुपमा यस दिन खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा मनाउने गरिएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा विक्रम सम्वत २०६१ साल देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत हाराहरि अर्थात् १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको ३३ प्रतिशत हाराहारीमा धानको योगदान छ । नेपालमा वार्षिक धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी छ भने औषतमा झण्डै ५० लाख मेट्रिकटन धान उत्पादन हुन्छ । तर नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । यसको अर्थ कृषि प्रधान भनिएपनि नेपालमा अहिलेपनि धान आयात हुने गरेको छ ।

नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा गरि लगभग ६३ जातका धान खेती गरिन्छ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धान को खेती हुँदै आएको छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ जुम्लामा पर्छ । खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेपनि खेति लगाउने समयमा वर्षेनी किसानलाई मलको समस्या हुने गर्छ ।

युवा जनशक्ति विदेश पलायन, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर र सिँचाइको व्यवस्था नहुनु, सिमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको खण्डीकरण जस्ता समस्याले धान दिवसको वास्तविक महत्व भने स्थापित हुन सकेको छैन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...