इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीको सुनुवाईको क्रममा अदालत मै निधन
वि.सं.२०७६ असार ३ मंगलवार ०९:१४
810
sharesएजेन्सी: इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको अदालतमा सुनुवाईका क्रममा मृत्यु भएको त्यहाँस्थित सरकारी टेलिभिजनले जनाएको छ ।
सन् २०१३ मा सेनाले सत्ता हातमा लिएपछि उनलाई अपदस्थ गरिएको थियो । समाचारमा जनाइए अनुसार ६७ वर्षीय मुर्सी अदालतको कारबाहीपश्चात् बेहोस भएका थिए । बेहोस भएको केही बेरमै उनको अदालत परिसरमा मृत्यु भएको पुष्टि भएको थियो । उनीमाथि जासुसी गरेको आरोप थियो । उनले सन् २०१२ मा कार्यकाल सम्हालेको १ वर्षपछि इजिप्टमा जनआन्दोलन सुरु भएको थियो ।
जनआन्दोलनकै जगमा उनलाई सेनाले नियन्त्रणमा लिएको थियो । यसपछि इजिप्टको सेनाले मुर्सी र मुस्लिम ब्रदरहु पार्डटीका समर्थकको विरुद्धमा अभियान सुरु गरेको थियो । मुर्सीमाथिको आरोपको सुनुवाइ राजधानी काहिरामा चलिरहेको थियो । उनीमाथि प्यालेस्टिनी इस्लामिक समूह हमाससँग जोडिएका व्यक्तिसँग जासुसीमा जोडिएको आरोपमा सुनुवाइ चलिरहेको थियो । उनलाई एक कारगारको भ्यानमा अदालतसम्म ल्याइएको थियो ।
इजिप्टका सरकारी वकिलका अनुसार मुर्सीको प्राप्त मेडिकल रिपोर्टअनुसार उनको शरीरमा कुनै पनि किसिमको चोटको निशान नदेखिएको बताइएको छ । जेलमा रहेका बेला मुर्सीको स्वास्थ्यलाई लिएर निक्कै चिन्ता जनाइएको थियो ।
वि.सं.२०७६ असार ३ मंगलवार ०९:१४