Health Ad
YouTube Link

बझाङको डौंठीमा यात्रुवाहक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दश पुग्यो

Khanepani Dhal
Facebook Link

बझाङ: बझाङ सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा गाँउपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप हिजो दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

जीप दुर्घटनामा परि मष्टा गाँउपालिका वडा नम्बर १ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खड्का र उनका १७ वर्षका छोरा सुनील खडकाको मृत्यु भएको छ । यस्तै सोही वडाका २३ वर्षका हिक्मत खड्का, ५९ वर्षिया धौली खड्का, ६५ वर्षिया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षिया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चैनपुरबाट गएको वडा प्रहरीको टोलीले भीरमा गएर ५ जना घाईतेको उद्धार गरेको छ । वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरिक्षक माहानन्द जोशीले भीरमा अडेकिएका घाइतेको तीन घण्टा लगाएर उद्धार गरिएको जानकारी दिए । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको प्रहरीको टोली घटनास्थल पुगेका थिए । घाईते मध्ये गम्भिर तीन जनालाई भने हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।

गम्भिर घाईते, मृतक कलक खडकाकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनीता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ । यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खडकाको चैनपुर स्थित जिल्ला अस्पतलमा उपचार भईरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गृहमन्त्रालयले हेलिकप्टर पठाएर घाईतेको उद्धार गरिएको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...