Texas College
YouTube Link

बझाङको डौंठीमा यात्रुवाहक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दश पुग्यो

Facebook Link

बझाङ: बझाङ सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा गाँउपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप हिजो दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

जीप दुर्घटनामा परि मष्टा गाँउपालिका वडा नम्बर १ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खड्का र उनका १७ वर्षका छोरा सुनील खडकाको मृत्यु भएको छ । यस्तै सोही वडाका २३ वर्षका हिक्मत खड्का, ५९ वर्षिया धौली खड्का, ६५ वर्षिया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षिया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चैनपुरबाट गएको वडा प्रहरीको टोलीले भीरमा गएर ५ जना घाईतेको उद्धार गरेको छ । वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरिक्षक माहानन्द जोशीले भीरमा अडेकिएका घाइतेको तीन घण्टा लगाएर उद्धार गरिएको जानकारी दिए । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको प्रहरीको टोली घटनास्थल पुगेका थिए । घाईते मध्ये गम्भिर तीन जनालाई भने हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।

गम्भिर घाईते, मृतक कलक खडकाकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनीता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ । यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खडकाको चैनपुर स्थित जिल्ला अस्पतलमा उपचार भईरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गृहमन्त्रालयले हेलिकप्टर पठाएर घाईतेको उद्धार गरिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

वि.सं.२०८२ माघ २ शुक्रवार १३:०१

पहिलो संविधानसभा निर्वाचनको सुरक्षा कमाण्ड गरेको सशस्त्र प्रहरी बल, नेपालले...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ माघ ४-७ गतेसम्म सञ्चालन हुने

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ माघ ४-७ गतेसम्म सञ्चालन हुने

वि.सं.२०८२ पुस ३० बुधवार १३:४०

काठमाडौं: आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरु नजिकबाट नियाल्ने अवसर प्रदान...

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

वि.सं.२०८२ पुस ३० बुधवार ११:३९

काठमाडौं: राष्ट्रिय लिग फुटबल आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटनमा...

देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय थापा र शर्माले कानुनी परामर्श लिन थाले

देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय थापा र शर्माले कानुनी परामर्श लिन थाले

वि.सं.२०८२ पुस ३० बुधवार ११:१६

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

वि.सं.२०८२ पुस २९ मंगलवार ०९:१४

काठमाडौं: नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ...

यस्तो छ महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रतिवेदन

यस्तो छ महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रतिवेदन

वि.सं.२०८२ पुस २८ सोमवार १५:२०

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव...