YouTube Link

रुसका पाँच लडाकु विमानसहित एउटा हेलिकप्टर खसालेको युक्रेनको दावी

Facebook Link

एजेन्सीः युक्रेनको सेनाका शीर्ष अधिकारीले रुसी सेनाको पाँच वटा लडाकू विमानसहित एक हेलिकोप्टर खसालेको दाबी गरेको छ ।

बिहीबार बिहानदेखि रुसले युक्रेनमा आक्रमण गर्न थालेको थियो । यसको प्रतिकारका क्रममा पूर्वी युक्रेनको लुहान्स्कमा पाँच रुसी लडाकू जहाज र एउटा हेलिकप्टर खसालिदिएको युक्रेनको सेनाले दावी गरेको हो ।

युक्रेनको बोर्डर गार्ड सर्भिसले बताए अनुसार युक्रेनका सेनामाथि रुसतर्फबाट मात्र नभए बेलारुसतर्फबाट पनि आक्रमण भएको छ ।

सर्भिसका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ५ बजेतिर बेलारुसतर्फबाट पनि युक्रेनी सेनामाथि आक्रमण भएको छ ।

युक्रेनले बेलारुसले रुसलाई सहयोग गरिरहेको बताएको छ । एजेन्सीका अनुसार रुसले २०१४ मा कब्जा गरेर युक्रेनबाट खोसेको क्रिमिया क्षेत्रबाट पनि युक्रेनमाथि आक्रमण भइरहेको छ ।

रुसी सेनाले युक्रेनका सैन्य अड्डा र हवाइ अड्डाहरुलाई निशाना बनाएर ध्वस्त पारिदिएको बताएको छ । युक्रेनले पनि कडा प्रतिक्रिया दिँदै हार नमान्ने बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीका नाममा सम्बोधन गर्दै नआत्तिन भनेका छन् । उनले देशवासीलाई सम्बोधन गर्दै भने ‘हामीले जित्नेछौं ।’

देशबासीलाई सम्बोधन गर्दै उनले आफूले एक मिनेट अगाडि मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको र बाइडेनले अन्तर्राष्ट्रिय समर्थन जुटाउन थालिसकेको बताए ।

युक्रेनमा सैन्य कारवाहीका बारेमा रुसी सेनाले पनि बयान जारी गरेको छ । बयानमा रुसी सेनाले युक्रेनको एयरबेस र सैन्य बेसलाई निशाना बनाएको बताएको छ ।

रुसी सेनाले बस्ती क्षेत्रलाई निशाना नबनाइएको बताएको छ । यसअघि युक्रेनमा कैयौं ठाउँहरुमा विष्फोट भएको खबर आएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...