युक्रेनको विभिन्न शहरमा शक्तिशाली बम बिष्फोट
वि.सं.२०७८ फागुन १२ बिहीवार १०:५५
4K
shares
काठमाडौं: युक्रेनको राजधानी लगायत विभिन्न शहरमा शक्तिशाली बम विष्फोट भएको छ ।
बिबिसीको अनुसार युक्रेनको शहरमा ५ देखि ६ वटा शक्तिशाली बम बिष्फोट भएको हो ।
सीएनएनले किभबाट गरेको प्रत्यक्ष प्रसारणमा ठूलो विष्फोटको आवाज सुनिएको छ ।
यद्यपि उक्त आवाज कहाँबाट आएको हो भन्ने खुलेको छैन ।
किभका साथै डोनेट्स क्षेत्रमा पनि बिहीबार विष्फोटको आवाज सुनिएको छ ।
सामाजिक सञ्जालमा युक्रेनको उत्तर-पूर्व, दक्षिणी क्षेत्रको ओडेसालगायतका स्थानमा पनि विष्फोट भएको भन्दै भिडियोहरु पोस्ट भएका छन् ।
नेपाल सरकारले त्यहाँ बसिरहेका नेपालीलाई यथासक्य युक्रेन छोड्न आग्रह गरिसकेको छ ।
वि.सं.२०७८ फागुन १२ बिहीवार १०:५५



















