YouTube Link

कहाँ पुग्यो भ्रष्टाचारमा शुन्य सहनशिलता अनि समृद्धि अभियान ?

Facebook Link

काठमाडौं: भ्रष्टाचारमा शुन्य सहनशिलताको नारा लगाएर नथाक्ने सरकारबाट भ्रष्टाचारका ठूला मुद्दाको छानविन तथा कारवाहीमा प्रभाव पर्ने गरी एकपछि अर्को अभिव्यक्ति सार्वजनिक भएका छन् ।

समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन लक्ष्य हासिलका लागि सबैभन्दा प्रमुख बाधक रहेको भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति लिइएको बताउने सरकारका कार्यकारी प्रमुख स्वय्म ठूला भ्रष्टाचारका मुद्दाको छानविन प्रभावित हुने गरी अभिव्यक्ति दिएका हुन् ।

सत्तारुढ पार्टीका प्रभावशाली नेता र सरकारका जिम्मेवार व्यक्ति मुछिएका वाइड बडीमा घोटाला, बालुवाटार जग्गा अतिक्रमण र खुल्लामञ्च कब्जा प्रकरण छानविनको क्रममा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला मुद्दामा अनुसन्धान गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मञ्चमा संवैधानिक क्षेत्राधिकार नाघेर अनुसन्धान तथा कारवाहीलाई नै प्रभावित तुल्याउने अभिव्यक्ति दिंदै आएका छन् ।

अदालतमा विचाराधीन रहेको वा अनुसन्धानको प्रक्रियामा रहेको कुनै पनि मुद्दामा बहस गर्न नपाइने संवैधानिक प्रावधान छ । तर सरकारका कार्यकारी प्रमुखले नै क्षेत्राधिकार नाघेर अभिव्यक्ति दिंदै हिंड्नुलाई पदीय मर्यादाको समेत ख्याल नगरेको भन्दै जानकारहरुले आपत्ति जनाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले भ्रष्टाचार नियन्त्रण भन्दापनि संस्थागत हुने भन्दै विश्लेषकहरुले कटु आलोचना गरेका छन् ।

संवैधानिक सर्वोच्चतामाथि नै धावा बोल्ने खालका सरकारका कार्यकारी प्रमुखको अभिव्यक्तिले भ्रष्टाचारलाइ थप मलजल गर्नेछ । र, प्रश्न प्रधानमन्त्रीतर्फ नै उठ्छ, कहाँ पुग्यो भ्रष्टाचारमा शुन्य सहनशिलता अनि समृद्धि अभियान ?

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...