आजदेखि इयुबाट बेलायत औपचारिक रुपमा बाहिरियो
वि.सं.२०७७ पुस १७ शुक्रवार १३:०८
2.7K
shares
काठमाडौं: बेलायत औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरिएको छ ।
सन् १९७३ मा संघको सदस्यता लिएको बेलायतले ४७ वर्षपछि स्थानीय ग्रीनवीच समय अनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो ।
युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो ।
ब्रेक्जिट अर्थात बेलायत युरोपेली संघबाट बाहिरिनुपर्छ भन्ने पक्षमा ५२ प्रतिशत र छाड्नुहुँदैन भन्ने पक्षमा ४८ प्रतिशत मत खसेको थियो ।
त्यसपछि ब्रेक्जिटका लागि दुवै संसदले विधेयक बनाएको थियो र महारानी एलिजावेथ द्वितीयाले स्वीकृति दिएको थिइन् ।
यो प्रकृया आज औपचारिक रूपमै सम्पन्ने भएको बीबीसीमा उल्लेख छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले अब बेलायतको स्वतन्त्रता आफूहरूकै हातमा रहेको र फरक तथा राम्रो तरिकाले काम गर्ने बताएका छन् ।
वि.सं.२०७७ पुस १७ शुक्रवार १३:०८



















