स्वदेशी कोभिड खोप किन्ने अस्ट्रेलियाको निर्णय रद्द
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:२९
1.5K
shares
क्विन्सल्यान्ड: अस्ट्रेलियाको एक कम्पनीले विकास गरिरहेको कोरोना विरुद्धको भ्याक्सिन किन्ने निर्णय अस्ट्रेलियाले रद्द गरेको छ। खोपको परीक्षणमा सहभागी भएकाहरूमा एचआइभीको रिपोर्ट ‘फल्स पोजेटिभ’ देखिएको सार्वजनिक भएको भन्दै अस्ट्रेलियाले खोप किन्ने निर्णय रद्द गरेको हो।
अस्ट्रेलियास्थित सिएसएल र युनिभर्सिटी अफ क्विन्सल्यान्डले विकास गरिरहेको भ्याक्सिनको ५ करोड १० लाख डोज किन्ने निर्णय गरेको थियो। सरकारले अब अन्य खोपको अर्डर गर्नुपर्ने भएको छ।
तर खोप निर्माताहरुले भने एचआइभि टेस्टमा ‘फल्स पोजिटिभ’ नतिजा आएको भन्दै परीक्षणमा सहभागीमा कुनै स्वास्थ्य खतरा नभएको प्रष्ट पारेका छन्। अस्ट्रेलियन सरकारले अक्स्फोर्ड र एस्ट्राजेनेकाको खोपको अर्डर भने कायमै रहेको जनाएको छ।
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:२९




















