देशभर ३ सय भन्दा बढि आइसियु र भेन्टिलेटरमा
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:२७
1.4K
shares
काठमाडौंः हाल मुलभर ३ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । ३ सय १० जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ ।
प्रदेश १ मा ३७ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय १६ आइसियु र २५ भेन्टिलेटरमा छन् ।
त्यस्तै, गण्डकीमा ८४ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, कर्णाली प्रदेशमा ७ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेका छन् ।
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:२७




















