‘स्वाइनफ्लु’ भन्दा कोरोना महामारी १० गुणा खतरनाक, खोपको आविष्कार नगरी सम्भव छैन: डब्लुएचओ
वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:१९
1.6K
shares
काठमाडौं: विश्व स्वास्थ संगठनले अहिलेको कोरोना महामारी सन् २००९ मा भएको स्वाइन फ्लू भन्दा खतरनक भएकाले सबैलाई सजग हुन आग्रह गरेको छ । संस्थाका प्रमुख टेड्ड्रस एडनमले पत्रकार सम्मेलन मार्फत यस्तो कुरा बताएका हुन ।
अहिले कोरोनाका कारण १ लाख १९ हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यो महामारी अघिल्लो स्वाइन फ़्लू भन्दा दश गुना खतरनाक र सोही रफ्तारमा फैलिएको छ । शुरुमा म्याक्सिकोमा देखिएर उक्त फ्लूपछि अमेरिकामा फैलिएको थियो । उक्त समय मृत्युदर बेलायतमा ०.०३ प्रतिशत, अमेरिकामा ०.२ प्रतिशत र विश्वभर मा १.१ प्रतिशतमात्र थियो भने यो पटक कोरोनाले बेलायतमा मात्रै ६ प्रतिशत, अष्ट्रेलिया ०.१ र अमेरिका ४ प्रतिशत मृत्युदर देखिएको एडनमले बताए ।
कोरोनासँग लड्न खोपको आविष्कार नगरी सम्भव छैन र यसका लागि स्वास्थसँग सम्बन्धित संस्थाहरूले अझै अध्ययन गरिरहेको समेत बताएको छ ।
वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:१९



















