YouTube Link

अमेरिकामा कोरोना संक्रमितको संख्या चीनको भन्दा दोब्बर, मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

Facebook Link

काठमाडौं: अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या चीनको भन्दा दोब्बर पुगेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको हो ।

पहिलो पटक कोरोनाको संक्रमण देखिएको चीनमा भने यो संख्या ८२ हजार मात्र छ । सुरुवातमा चीनमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका थिए । तर चीन पछिल्लो समय अन्य मुलुकको तुलनामा कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ ।
अमेरिकामा कोरोना भाइरसबाट हाल मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । अमेरिकामा मृतकहरुको संख्या चीनकै आसापस पुगेको छ । चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ३ हजार १ सय ६५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितहरुको संख्या १ लाख ६४ २ सय ५३ पुगेको छ । अमेरिकामा संक्रमितहरुको संख्या बढ्दै जाँदा मृतकको संख्या पनि चुलिँदै गएको हो ।

इटालीमा अहिलेसम्म एक लाख एक हजार सात सय संक्रमित भएका छन् । इटालीमा कोरोना भाइरसको संक्रमणबीच लकडाउनको समय सीमा अझै बढाइने भएको छ । अमेरिकी सरकारका संक्रामक बिरामी विशेषज्ञ डा एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसले एकदेखि दुई लाखसम्म मानिसको ज्यान जाने चेतावनी दिएका छन् ।

भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ३२ जनाको ज्यान गएको छ । १२ सय भन्दा धेरै संक्रमणको पुष्टि भइसकेको छ । कोरोनाबाट संक्रमणको मामिलामा अमेरिकामा चीन भन्दा दुई गुणा पुगेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...